काठमाडौं,पुस १३ – रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ ।’युवामा लगानीु’ विषयमा बृहत छलफल गर्दै उक्त कन्फरेन्स सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका थिए । शुक्रबार र शनिबार गरि दुई दिन जारी रहेको सो सम्मेलन ललितपुरमा आयोजना गरिएको थियो ।
रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन ।
‘युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।
विगतका वर्षहरुमा जस्तै यसपालिको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासंग सम्बन्धित विषयमा छलफल भएको थियो ।युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ ।
रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ुयुवामा लगानीमाु विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा सम्बन्धमा प्रकाश पारेका थिए ।
सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिता केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए ।
त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयक छलफल कार्यक्रममा सहभागिता जनाउदै आ आफ्नो धारणा ब्यक्त गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए ।
सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लब अफ दमौलीले मौलिक कौरा नृत्य समेत प्रस्तुत गरेको थियो ।
त्यस्तै सम्मेलनका दौरानमा सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विविध छलफल गरेका थिए ।
सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २०/२१ का डिआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।
FACEBOOK COMMENTS