काठमाडौं, २६ कार्तिक – यूजी बजारले ‘यूजी बजार लञ्च क्याम्पेन’ नामक सुरुवात अभियानको शुरू गरेकाे छ । ई-वाणिज्य कम्पनी यूजी बजारले ११ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेकाे हाे ।
युजी बजारका सह-संस्थापक किरण तिम्सिनाले याे अभियान नाफाको लागि नभएको र ग्राहकलाई अधिक छुट दिएर व्यवसायलाई सुरु गर्ने बताएका छन् । यूजीले सकेसम्म छुट प्रदान गर्दछ, र भुक्तानी साझेदारहरूले थप छूट वा क्यासब्याक पहिले नै अवस्थित छुटको शीर्षमा प्रदान गर्ने उनकाे भनाई छ ।
साथै, हरेक अभियानमा फ्ल्याश सेल्सको प्रावधान छ जहाँ पाँच चीजहरूमा २४ घन्टा विशेष छुटको साथ सूचीबद्ध गरिएको छ । याे सीमित समयकाे लागि सञ्चालनमा ल्याइएकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीकाे भुक्तानी साझेदारमा एनआईसी एशिया बैंक रहेकाे छ । यससँगै एनआईसी एशिया मार्फत भुक्तानी गर्न चाहनेलाई बैंकले छूटको मूल्यमाथि नै एक निश्चित नगद उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।
यो अभियान पूर्ण रूपमा विद्युतीय र इलेक्ट्रोनिक वस्तुको विक्रीमा केन्द्रित छ । मोबाइल फोन, वासिङ्ग मेशिन, फ्रिज, भ्याकुम क्लीनर र अधिक धेरै उत्पादनहरू जस्ता सामानहरू एक विशेष डिस्काउन्ट मूल्यमा बिक्रीको लागि सूचीबद्ध छन् ।
FACEBOOK COMMENTS