काठमाडौं, पुस २५ – झुट्टा तथा नक्कली मुल्यअविवृद्धि विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा एक ब्यवसायी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
काठमाडौं महानगरपालिका -७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवाका संचालक प्रकाशराज गिरीले रु२१ करोड १८ लाख बिगो बराबरको रकम चुहावट गरेको आरोपमा विहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवा समेत सञ्चालन गर्ने गरि स्थायी लेखा नं। ३०४२०६३६२ लिएका संचालक प्रकाश राज गिरीले राजस्व चुहावट ऐन २०५२ कसूर विपरित राजस्व चुहावट गरेको विभागले आरोप लगाएको छ ।
कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ कर विजक मात्र खरिद गरेको र मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको विभागको आरोप छ । मूल्य अभिवृद्धि कर र आयकर समेत छलि गरेको आरोप लागेको युनिभर्सल ट्रेडलाई राजस्व चुहावट ऐन २०५२ को दफा ३ ले निषेध गरेको सोही एनको दफा ४ खण्ड क र ख बमोजिम मूल्य वृद्धि करतर्फ ६ करोड ६१ हजार र आयकर तर्फ १५ करोड १७ लाख ८६ हजारसहित कूल २१ करोड १८ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ असुल गरी विगोको दोब्बरसहित ३ वर्षसम्म कैद सजाय माग दाबी गरेको छ ।
FACEBOOK COMMENTS