काठमाडौँ, अशोज २९ – यूनियन लाईफ इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्कमा शतप्रतिशत ब्याज छुट दिने भएको छ।
निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी मिति यही असोज २८ देखि कात्तिक ३ सम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।
पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जनाइएको छ।
FACEBOOK COMMENTS