काठमाण्डौँ — सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा एकसय ९६ उद्योग/प्रतिष्ठान सूचीकरण प्रक्रियामा सामेल भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित कार्यक्रम ल्याएपछि सामाजिक सुरक्षा कोषले सूचीकरण हुन रोजगारदातालाई मंसिर ६ गते देखि खुल्ला गरेको थियो।
कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी अधिकृत श्यामराज अधिकारीले सूचीकरण कार्यलाई सहज र सरल बनाउन अनलाईन पद्धति अपनाइएकोले रोजगारदातालाई सूचीकरण प्रक्रियामा आउन सहज भएको बताए।
‘रोजगारदाता आफू दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन दिने गरी सामाजिक सुरक्षा कार्यक्रम सुरुवात भएको हो।
कोषमा रोजगारदाताको २० र श्रमिको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुन्छ।
कोषले रोजगारदाता सूचीकरणलाई व्यवस्थित गर्न ३५ जना कर्मचारी परिचालन गरेको छ।
‘सूचीकरणका लागि अनलाइनबाट नै आवेदन दिन सकिन्छ ।
कोषले उपत्यका बाहिर मंसिर १५, प्रदेश नम्बर १, २, ५, ६ र ७ का लागि क्रमशस् मंसिर १५, पुष १, पुष १५, माघ १ र माघ १५ गतेबाट सूचीकरण सुरु गर्ने समयतालिका सार्वजनिक गरेको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS