बसन्त अर्याल
काठमाडौं – नेपालमा अन्य समयको तुलनामा दशै तिहारमा व्यपार व्यवसाय चलायमान हुन्छ । दैनिक उपभोग्य वस्तु पनि चार्डवार्डमा धेरै खपत हुन्छ । गत वर्षको दशैं तिहारमा चिनीको भाउ आकासिदा गुलियो चिनी पनि तितो मनले किन्नुपरेको यथार्थ हामिले बिर्सेका छैन ।
हरेक वर्षको दशै तिहारमा अन्य समयको तुलनामा दैनिक उपभोग्य वस्तुको मुल्य बढ्ने गरेको छ । हरेक सरकारले बजार अनुगमन गर्दै बजार नियमन तथा नियन्त्रण गर्छौ भन्दै आएपनि उपभोक्ताले भने त्यो महशुस गर्न आज सम्म पाएका छैनन् ।
गतहप्ता वाणिज्य मन्त्रालयले प्रदेशका मन्त्री र स्थानिय तहका प्रतिनिधी बोलाएर यसवर्षको चार्डमा बजारमा कुनै सामाग्री अभाव हुन नदिने प्रतिबद्धता व्यक्ति गरे । तिनै तहका सरकार मिली बजार अनुगमनलाई तिब्र बनाउने सहमति पनि भयो ।
कार्यक्रममा वाणिज्य आपुर्ति तथा संरक्षण विभागले नजिकै आइरहेको चाडपर्वमा अत्यावश्यक वस्तुहरुको आपूर्तिमा कुनै समस्या नरहेको बताएको छ । तर चिनीमा भने समस्या हुनसक्ने उसको भनाई छ ।
विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनीमा नयाँ क्रसिङ नहुँदासम्म ३० हजार मेट्रिक टन आवश्यक भएको बताएका छन् । मंसिरपछि चिनी उद्योगले उखुको क्रसिङ गर्ने हुँदा त्यो बेला सम्मको लागि ३० हजार मेट्रिक चिनी आवश्यक पर्ने वाणिज्य मन्त्री तथा सचिवलाई अवगत पनि गराए । मन्त्री तथा सचिवले चिनीको विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
माहानिर्देशक योगेन्द्र गौचनले सरकारले चिनीमा कोटा सिस्टम हटाएपनि निजी व्यवसायी चिनी आयत गर्न उत्साहित नदेखिएको जानकारी दिए । उनले यस विषयमा अर्थ मन्त्रालय संग पनि छलफल गरिरहेको बताए ।
वाणिज्य तथा आपुर्ति मत्रालयका सहसचिव नवराज ढकालले चाडपर्वको लागि चाहिने चिनी सरकारले व्यवस्था गर्ने जानकारी दिए । उनले साल्ट टे«डिङ तथा खाद्य विभाग मार्फत भएपनि उपभोक्तालाई आवश्यक चिनी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
तर सहसचिवको कुरामा विश्वास गर्ने आधार छैन । गत वर्ष पनि साल्ट ट्रेडिङ र खाद्य विभागको गोदाममा चिनी थुप्रिएपनि उपभोक्ताले बजारमा चर्को मुल्यमा चिनी किन्न बाध्य भएका थिए ।
खुद्रा व्यपार संघका अध्यक्ष राजकुमार श्रेष्ठले गतसाल जस्तै यो वर्ष पनि चिनीको मुल्य बढ्ने बताएका छन् । उनले थोक व्यवपारीहरुले अहिले नै चिनीको मुल्य बढाउन थालेको भन्दै दशैंमा त अझै मुल्य बढ्ने बताएका हुन ।
हाल उपभोक्तले बजारमा चिनी ८० रुपैयाँ पाईरहेका छन् । तर अब ८० रुपैयाँमा चिनी ग्रहाकलाई बेच्न नसक्ने किराना तथा खुद्रा व्यपार संघका अध्यक्ष पवित्र बज्रचार्यले बताए । उनले ‘थोक व्यपारीले ७५÷७६ मा हामीलाई उपलब्ध गराउँदा हामीले ८० रुपैयाँमा चिनी बेच्न सक्थ्यो तर अहिले थोक व्यपारीले ७८ रुपैयाँ लिन थालिसके । दशैसम्म कति पुग्ने हो । त्यसैले अब हामीले ८० रुपैयाँमा चिनी विक्री गर्न सक्ने अवस्थामा छैनौं।’
खुद्रा व्यपारीहरुले थोक व्यपारीले मुल्य बढाउँखा आफु मारमा परेको गुनासो पोखेका छन् । थोक व्यपारी भने यो विषयमा बोल्न नै चाहादैनन् । उनीहरुले चिनीको मुल्य नबढ्ने दाबी गर्छन् तर खुद्र व्यपारीलाई दिने चिनीमा मुल्य बढाईसकेका छन् ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल भने नेपालमा अझै १ लाख मेट्रिक टन चिनी स्टक रहेको बताएका छन् । उनले नयाँ उखु क्रसिङ गर्ने बेला सम्म अहिलेको चिनीले पुग्ने बताए । उनले बाहिरबाट चिनी ल्याउन अवश्यक नरहे पनि १० मेट्रिक टन ल्याउदाँ चिनी उद्योगीलाई कुनै असर नहुने तर बढी चिनी ल्याए विगतमा जस्तै चिनी उद्योगीको चिनी नबिक्ने समस्या हुने कर्पोटलाई जानकारी दिए ।
उनले चिनीको मुल्य बढ्नु समान्य भएको बताउँछन् । उनले भने ‘अरु सबै वस्तुको मुल्य बढ्दा चिनीको पनि मुल्य बढ्छ । हाम्रो सञ्चालन खर्च बढ्दै गएको छ। अहिलेको चिनी मुल्यमा पनि पुनःविचार गर्नुपर्छ ।’
गत वर्ष अन्तराष्ट्रिय बजारमा चिनीको मुल्य कम भएको बेला नेपाल सरकारले चिनी आयतमा प्रतिवन्ध लगाउँदा नेपाली उपभोक्ता चाडपर्वको समयमा महगोमा चिनी किन्न बाध्य भएका थिए । तर सरकारले यसपटक भने कुनै पनि हालतमा चिनीको मुल्य नबढ्ने दाबी गरिरहेको छ । वाणिज्य विभागका महानिर्देशक गौचनले व्यवसायीले चाडवर्डको समय कालाबजारी गर्न खोज्दा बजार असन्तुलित हुने बताए । उनले भने ‘व्यपारीहरुले कृतिम अभाव देखाएर मुल्य बढाउने गरेका छन् चाडवर्ड लक्षित बजार अनुगमन तिब्र पानु पर्छ ।’
वर्षेनी ठगिदै आएका उपभोक्ता यो वर्ष पनि ठगिने चिन्ता अझै हटेको छैन ।
FACEBOOK COMMENTS