काठमाडौं, माघ १७ -नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक(एसएसपी) शौरभ शमसेर राणा निलम्बनमा परेका छन् ।
गृह मन्त्रालयले शुक्रबार राणालाई निलम्बन गरेको जनाएको छ। उनी संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत छन् । धरानकी एक महिलाले राणाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।
गृहले राणालाई निलम्बन गरिएकोबारे प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको जनाएको छ।
FACEBOOK COMMENTS