काठमाडौं, साउन १३ – आफ्नो खातामा पैसा नभएको जान्दा जान्दै पनि झुक्याएर चेकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नुवाकोटका ४३ वर्षीय पारस लोहोनीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले मातातिर्थबाट पक्राउ गरेको हो। लोहोनीले विभिन्न बैंकको पैसा नभएको खाताबाट विभिन्न व्यक्तिलाई भुक्तानीमा झुक्याउने गरेका थिए।
उनीविरुद्ध आकाश लामिछानेल जाहेरी दिएका थिए। आकाससहित अन्य २ जनालाई उनले रकम नभएको खाताबाट चेक दिएर झुक्याएका थिए। लोहोनीलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा दोषी ठहर गरिसकेको छ। उनलाई २४ लाख रुपैयाँ जरिवाना र २५ दिनको कैद सजायको फैसला भएको छ। सो सजाय बेरुजू रही उनी फरार रहँदै आएका थिए।
पक्राउपछि लोहोनीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।