ओलीलाई काशी, महरालाई गोर्खा
काठमाडौं,कार्तिक १७ – अहिले बजारमा एक खाले हल्ला छ । ओलीलाई काशी, महरालाई गोर्खा । बाउ बाजेको पालामा विध्या नभए काशी जानु र न्याय नपाए गोर्खा जानु भन्ने उखानको आधुनिक रिमेक झै लाग्ने यो भनाईको तुक न्यायलयले उजागर गर्छ नै । यो फगत प्रचारबाजी नि हुन सक्छ वा रहस्यमय चक्रब्युहको सांकेतिक दर्पण । तर कसैको पनि विश्वासको मर्ममा हान्नु अन्याय हुनेछ । त्यसैले हतार नगरौ । प्रसँग अहिले, बलात्कार प्रयासको आरोपमा मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको हो ।
उनले अदालतमा दिएको बयानका क्रममा आफुमा रक्सिको आदत नै नभएको किटानीले सबै आस्चर्यचकित बनेका छन् । हुनपनि हो विगत ५ वर्ष देखि महरा विभिन्न स्वास्थ्य समस्या झेलिरहेका छन् । उनले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी समेत प्रस्तुत गरेका महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै सभामुख पद र ओहदाको मर्यादा राखेको बयान पनि पोखे ।
उक्त बयानले महराको निस्ठा माथि कतै अनावश्यक शंका र प्रहार त गरिदै छैन भन्ने प्रश्न उब्ज्याएको पनि छ । महरा चालै नपाई आफ्नै दलका बैरिले चालेको कोपभाजनको शिकार त भै रहेका छैनन भन्ने आशन्काले उनका शुभचिन्तकहरुमा एक किसिमको छटपटाहट भैरहेको देखिदै आईएकोछ । हिजो अमेरिकिकाका तत्कालिन राष्ट्रपति बिल क्लिन्टन मोनिका लेबेन्स्कीसँगको लसपसमा फस्दा उनलाई केही नहुने, हाल नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको बिषयमा श्रद्धय स्व. नेता मदन भण्डारीको हत्या र सम्बन्धका बिषयमा अनेक अड्कलबाजीको सवाल उठदा न त डि एन ए न त कुनै अनुशन्धान तर महराको बिषयमा प्रहरी प्रशासनले किन यति गम्भिर चासोका साथ मुद्धालाई मिहिन रुपमा अगाडि बढाई रहेको छ भन्नेमा बौद्धिक वर्गले चासो ब्यक्त गर्दै आएको बुझिएको छ । प्रायस सबै नेताको विरोध गर्ने डा. सुरेन्द्र केसीले समेत एक युटयुव च्यानलसँगको अन्तर्वाताको क्रममा महरालाई फसाउने चाल न हो कि यो ? तर अनुसन्धान निश्प क्ष होस् रोशनी पीडित हुन भने उनले पनि न्याय पाउनु पर्छ र यत्रो बर्ष राजनीतिमा लागेर सभामुख जस्तो उच्च ओहदामा लागेको मानिसको क्यारियर नै ध्वस्त पार्ने खेल हो भने यो बडो दुर्भाग्य हो भन्ने राय डा. केसीले राखेका छन् ।
यो विद्धत र महरालाई नजिकबाट चिन्नेहरुको रुझान हो र प्रतिनिधीमुलक विचारका रुपमा यस्ता भनाईहरुलाई नोट अर्थात ख्याल राख्न पनि दायित्व हुन आउछ । सुरेन्द्र केसी जस्ता कयौ बौद्धिक वर्गले पनि महरा माथिको आरोप सत्य साबित नहुन सक्छ मात्र होईन कि यो सत्य हुनै सक्दैन भन्ने जमात पनि उत्तिनै छन् । कहाँसम्म भने महरालाई फसाउन सत्तासिनको ग्राण्ड डिजाईन रहेको खुलाशा गर्नेहरु अहिले चिया पसल, चौतारी, सार्वजनिक यातायात, अड्डा कार्यालय, टोल छिमेकमा पनि सुनिन थालेको छ । आखिर अनुमान लगाउने छुट हामी सबैमा छ । तर पनि मतको कदर त गर्नै र्पयो ।
कोहि आखैले देखे झै किटानी पूर्वक भन्छन त्यो बलत्कारी हो । कोही भन्छन आरोपमा कुनै सत्यता रहनै सक्दैन, यो सत्ता उन्मादमा रहेकाको अवसाद हो । कोही भन्छन सम्मानित न्यायलयले निस्प क्ष कहनेछ । त्यसैले, यो आरोप हो, सत्य नि हुन सक्छ र आरोप सधैं सत्य नै हुन्छ भन्ने पनि हुँदैन । लामो संगतमा रहेकाको यौनिक घटनामा दुनियाँ मानिसका अन्तरङको भिडियो सार्वजनिक भएका छन् । यदि महरा रोशनीसँग अनैतिक सम्बन्धमा थिए भने सबुद प्रमाण त प्रस्ट हुनु पर्ने हो नि । यहाँ स्पस्ट प्रमाण के छ भन्ने मै बिरोधाभास छ । र उनी रोशनी शाहीसँग लामो समय देखी सम्बन्धमा रहेका छन् भन्ने अडकलबाजीको कुनै तुक पनि रहदैन ।
FACEBOOK COMMENTS