काठमाडौं, चैत ११ – भारतको भुपालमा गत आईतवार र सोमवार रक्सीको तलतल मेटाउन स्यानिटाईजर खरिद गरेका थिए। स्यानिटाईजर पिएपछि उनिहरुको स्वास्थ्य बिग्रिंदै गयो र निधन हुन गयो। यसरि मृत्यु हुनेहरुमा पर्वत अहिरवार, रामप्रसाद अहिरवार र भुरा अहिरवार थिए। उनिहरु सबै बिबाहिता थिए।
लकडाउनको दिन रक्सी किन्न नपाएपछि ३ जना दाजुभाईले ५ लिटर स्यानिटाईजर ल्याएर पिए। यसरि पिउने सबैजनाको मृत्यु भएको छ। तर परिवारसंग अलग्ग रही भुपालमा काम गरिरहेका थिए। रामप्रसाद पेण्टर थिए भने पर्वत र भुरा मजदुरी गर्दथे।
प्रहरीका अनुसार आईतवार उनिहरुले स्यानिटाईजर पिएपछि असजिलो महसुस गरेका थिए। उनिहरुले सोमवार फेरि स्यानिटाईजर पिएका थिए। रामप्रसाद आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए भने अन्य २ जना सडकमा मृत पाईएको थियो।
FACEBOOK COMMENTS