काठमाडौं, पुस २९ – दक्षिण भारतीय ‘सुपर स्टार’ रजनीकान्तले राजनीतिमा नजाने संकेत गरेका छन् । उनले राजनीतिमा नजाने र शुभचिन्तकलाई राजनीतिका लागि दबाब नदिन समेत आग्रह गरेका भारतीय मिडियाले जनाएका छन् ।
उनका समर्थकले राजनीतिमा आउन आग्रह गर्दै वेल्लुवर कोट्टममा प्रदर्शन गरेका थिए । त्यसपछि रजनीकान्तको धारणा आएको हो । उनले भनेका छन्, ‘मैले मेरो कुरा राखिसकेको छु । अबदेखि राजनीतिका लागि अनुरोध गर्दै कुनै कार्यक्रम नगर्न अपिल गर्दछु ।’
यसअघि उनले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी तयारी थालेका थिए । त्यसबेला उनले नयाँ पार्टी घोषणा गर्ने समेत चर्चा थियो ।
तर पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रिएपछि रजनीकान्तले आफ्नो निर्णयबाट पछि हटेका छन् ।
FACEBOOK COMMENTS