काठमाडौं, पुस १ – पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघमा नेकपा समर्थित व्यवसायीको संगठनले अधिकांश पदमा जित हात पारेको छ ।
संघको २१ औं साधारणसभा तथा नवौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नेकपाका शंकर गिरी विजयी भएका छन । गिरीले ६०४ मत प्राप्त गरी जित हात पार्दा कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार देवेन्ऽकुमार श्रेष्ठले ५४५ मत पाए ।
बाणिज्यतर्फको उपाध्यक्षमा नेकपा निकटकै भीमनारायण श्रेष्ठ विजयी भएका छन् । उनले ५३७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कविन घिमिरेले ३७७ मत ल्याए । सोही पदका लागि स्वतन्त्र उम्मेदवार देवी डल्लाकोटीले २१३ मत ल्याए । यस्तै, उद्योगतर्फको उपाध्यक्षमा पुरु खनाल विजयी भएका छन् । एसोसिएटतर्फ राममणि थपलिया विजयी भएका छन् ।
संघको महासचिवमा निराजन खनाल विजयी भएका छन् । खनालले ६६३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माधव पौडेलले ४६० मत ल्याए ।
त्यस्तै कोषाध्यक्षमा उपेन्द्र आचार्य विजयी बने । संघको बस्तुगततर्फको उपाध्यक्षमा कांग्रेस निकट व्यवसायी रघु भट्ट निर्विरोध भएका थिए ।
FACEBOOK COMMENTS