काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताएका छन्। आइतबार ट्वीट गर्दै थापाले यस्तो उल्लेख गरेका हुन् ।
थापाले ट्वीटरमा लेखेका छन्–‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस,जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं।’
संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहाँस मेटाउने कार्य संकीर्ण र विकास विरोधी रहेको बताउँदै अध्यक्ष थापाले लेखेका छन्– ‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाइयोस्। हाम्रो पुरा सहयोग रहनेछ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द्व निम्त्याउने काम नहोस्। इनफ इज इनफ।’
FACEBOOK COMMENTS