काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच वार्ता भइरहेको घरमा हामी नेपालका संयोजक सुधन गुरुङले चुकुल लगाइदिएका छन् ।
ललितपुरको कुपनण्डलस्थित कुमार बनेको घरमा लामिछाने र शाहबीच वार्ता चलिरहेका बेला गुरुङले गेटमा बाहिरबाट ताला लगाइदिएका हुन् । उनले दुई जनाबीच एकता नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
गुरुङले सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा भने । बालेनले गएरातिदेखि उक्त घरमा बसेर विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । यसक्रममा गुरुङ पनि भेटवार्ता लागि बिहानैदेखि लाइनमा बसेका थिए ।
FACEBOOK COMMENTS