काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।
गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुपरेको हो ।
रविको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको सचिवालयको भनाइ छ ।
केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखेर उपचार गराउनुपर्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

FACEBOOK COMMENTS