काठमाडौं । गए राति रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि घटनास्थलको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय टोली रसुवा जाने भएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो हेलिकप्टरमार्फत रसुवा जाँदैछन्।
प्रधानमन्त्री ओली बालुवाटारबाट हेलिकप्टर चढेर जाने छन् भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा प्रस्थान गर्नेछन्।
यसका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू पनि बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने कार्यक्रम रहेको छ।
भोटेकोशीमा आएको बाढीले नेपाल–चीन नाकामा रहेको मितेरी पुल समेत बगाएको छ भने हालसम्म नेपाली नागरिकसहित १८ जना बेपत्ता भएका छन्।
FACEBOOK COMMENTS