काठमाण्डौँ — रसुवागढी नाकामा २२ दिन व्यापारिक कारोबार नहुने भएको छ।
चिनियाँ भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएपछि कारोबार नहुने भएको हो।
ल्होसारको कारण मंगलबारदेखि २२ दिनसम्म कारोबार नहुने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।
चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ।
रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ।
चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ।
— नागरीक
FACEBOOK COMMENTS