काठमाडौं, फागुन ४ – चीनमा कोराना भाइरसको संक्रमण फैलिएपछि सुनसान बनेको ब्यापारिक नाका रसुवागढी अझैं खुल्न सकेको छैन । नाकामा दुई सातादेखि कुनै चहलपहल देखिएको छैन ।
रसुवागढी नाका हुदै चीनको केरुङमा रोजगारी तथा ब्यापारका लागि पुगेका नेपालीहरु अधिकास फर्कि सकेका छन भने केरुङ बाट फाट्ट फुट्ट रुपमा अहिले पनि नेपालीहरु आउने गरेका छन ।
अहिले रसुवागढी नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्र रहेका छन । अध्यागमन कार्यालय रसुवाका अनुसार फ्रेबोअरी महिना बाट चीनीयाँ पर्यटक तथा अन्य मुलुकका बिदेशि पर्यटक आबत जावत ठप्प रहेको छ ।
यसअघि दैनिक सयौंको संख्यामा स्वदेशी तथा बिदेशीहरुको आवत जावत हुने गर्दथ्यो । चीनको केरुङमा समान लीन जाने सयौं कन्टेनरहरु रोकिएपछि आयात निर्यात समेत ठप्प भएको छ ।
FACEBOOK COMMENTS