काठमाडौं – जनताको जलविद्युत कार्यक्रम अन्तरगतका रसुवागढी र साञ्जेन हाइड्रोपावरका शेयर आजदेखि खुलेको छ ।
साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएपछिको ४९ लाख ८२ हजार २५० कित्ता शेयर खुला भएको छ भने रसुवागढीको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयरमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता गरी कुल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता आवेदन खुला भएको हो ।
साञ्जेनले रसुवा जिल्लामा रहेको १४.८ मेगावाटको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ भने रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
उक्त आयोजनाहरुमा न्यूनतम १० कित्ता मात्रै पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS