काठमाडौं, जेठ १० – राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारका लागि निःशुल्क शिक्षा सामग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।
दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समयसापेक्ष रुपमा सञ्चालन गर्नका लागि सक्रिय रहेको इजि ट्याक्सीले विद्यमान अवस्थालाई दृष्टिगत गरी राहत कार्यक्रम ल्याएको बताएको छ ।
कोरोना भाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने धरासायी अवस्थामा पुगेको उनीहरुको भनाइ छ । यस्तो अवस्था हुँदाहुँदै केही मेहनती स्वरोजगार तथा मजदूर चालकहरुको कोरोना भाइरसको संक्रमणबाट निधन समेत भएको उनीहरुले बताएका छन् ।
‘यस दुःखद घडीमा उनीरुको परिवालाई केही सहयोग पुर्याउने उद्देश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक सञ्जि पौडेलले बताए । कोही बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्नका लागि यस प्रकारको सहयोग गरिएको उनको भनाइ छ ।
‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जीवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्देश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस प्रकारको सेवा लिनका लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’
पौडेलले अगाडि भने, ‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो हामी सबै मिलि आपसी सहयोगको भावनाले आफुले सक्नेसम्मको सहयोग गर्ने हो । त्यही हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केही सहयोगहोस भनेर राहत घोषणा गरेका हौं ।’
इजी ट्याक्सी नेपालले यसअघि पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छूटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघसंस्था तथा विभिन्न संगठनसँग मिलेर व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरी काम गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS