मदन तिमल्सेना
काठमाडौं, १६ श्रावण- युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका छन् । बिहीबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा मनोनयन गरेका हुन । राष्ट्रिय खेल संघको सिफारिसबाट पोखराका सम्पन्न श्रेष्ठसहित, अर्जुन केसी र सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै मन्त्रालयले परिषद्को बोर्डलाई पूर्णता दिन लागि परेको हो ।
मन्त्रालयको सिफारिसमा यसअघिनै मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ । नयाँ ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ ।
को हुन सम्पन्न श्रेष्ठ ?
सम्पन्न श्रेष्ठ तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष हुन् । श्रेष्ठ गण्डकी प्रदेशका खेलाडीहरुमा निकै लोकप्रिय छन् । श्रेष्ठ आफु पनि खेलाडी हुन् । श्रेष्ठले खेलाडीहरुलाई सधैं सम्मान र माया गरेको देखिन्छ । कोरोनाका कारणले कुनै खेलाडीलाई समस्या भएमा आफुलाई सम्पर्क गर्न, जति बेला पनि आफु सहयोग गर्न तयार रहेको र गण्डकी प्रदेश भित्रका जिल्ला खेलकुदका अध्यक्षहरुलाई पनि खेलाडीहरु अलपत्र, आर्थिक समस्या भएकोभए आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS