काठमाडौं, १२ बैशाख – बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूतज्यूहरूले भिडियो कन्फरेन्स मार्फत समसामयिक विषयहरूमा छलफल गरेका छन्। कोभिड १९ को संक्रमणका कारण त्यस क्षेत्रमा रहेका नेपालीहरूमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित भएको थियो।
उक्त छलफलमा ओमानबाट राजदुत शर्मिला पराजुली ढकाल, साउदी अरबबाट राजदुत प्रो.महेन्द्र सिंह राजपूत, इजिप्टबाट राजदुत झविन्द्र प्रसाद अर्याल, बहराइनबाट राजदुत पदम सुन्दास, कुवेतबाट राजदुत दुर्गा प्रसाद भण्डारी, यु.ए.ई. बाट राजदुत कृष्ण प्रसाद ढकाल, कतारबाट राजदुत डा.नारद नाथ भारद्वाज, इजराइलबाट राजदुत डा. अञ्जान शाक्य, पाकिस्तानबाट राजदुत सेवा लम्साल र मलेसियाबाट राजदुत उदयराज पाण्डेले आ-आफ्नो कार्यक्षेत्र मुलुकको अनुभव राख्दै तततत् देशमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र राष्ट्रिय हित प्रवर्द्धनका लागि आगामी दिनहरुमा समेत सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कन्फरेन्सको संयोजन ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गरेकी थिईन् ।