काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी ३६ करोड ८९ लाख ६५ हजार ५ सय ७२ रुपियाँ राजश्व छली गर्ने फर्महरु विरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौँ महानगरपालिका ३२ मा रहेको विग प्लान सप्लायर्स÷विग प्लान ब्याग उद्योग, भक्तपुर स्थित एपी ट्रेड एण्ड सप्लायर्स र बनेपा स्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालन तथा प्रोप्राइटर तथा मुख्य कारोबार रामप्रसाद चौलागाई सहित ३ जना बिरुद्ध २५ करोड ५७ लाख ९७ हजार ६८ रुपियाँ को बिगो असुल गरी जरिवाना र कैद माग दाबी सहित आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
ती फर्महरुले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्ज चुहावट गरेको पाइएको विभागले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी चितवनको भरतपुर २ स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक÷प्रबन्ध निर्देशक केशबराज कँडेल समेत ३ जनाबाट ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी सहित भदौ ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
उक्त कम्पनीले समेत वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्ज चुहावट गरेको पाइएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका १३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलका प्रोप्राइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालक हर्ष चौधरी समेतबाट ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिई साउन २२ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको समेत विभागले आजै विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
यी फर्महरुले समेत वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभाग
हरिहरभवन, पुल्चोक, ललितपुर
प्रेस विज्ञप्ती
झुट्टा तथा नक्कली म“.अ.कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा tk;lndf उल्लेखित फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट 11 अर्व 31 करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा २ (दुई) वटा मुद्दा दर्ता गरिएको ।
१. झुट्टा तथा नक्कली म“.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने चितवन भरतपुर -२ स्थित सन्तोषी निर्माण सेवा प्रा.लि.का (स्थायी लेखा नम्वर 300011317) संचालक/प्रवन्ध निर्देशक केशबराज कडेल समेत ३ जनाबाट रु. 6,22,74,228।00 (अक्षरेपी छ करोड बाइस लाख चौहत्तर हजार दुई सय अठ्ठाइस रुपैंया मात्र) विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-0५-११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।
सन्तोषी निर्माण सेवा प्रा.लि. (स्थायी लेखा नम्वर 300011317) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. 2,03,17,145।, आयकर तर्फ रु. 3,67,23,536।- र लाभांश कर तर्फ रु. 52,33,547।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 6,22,74,228।–(अक्षरेपी छ करोड बाइस लाख चौहत्तर हजार दुई सय अठ्ठाइस रुपैंया मात्र) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले सन्तोषी निर्माण सेवा प्रा.लि. का संचालक/प्रवन्ध निर्देशक केशबराज कडेल समेत ३ जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विगो रकम रु. 6,22,74,228।– असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207७-0५-११ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
२. झुट्टा तथा नक्कली म“.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने nnltk’/ महानगरपालिका वडा नं. 13 स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स (स्थायी लेखा नम्वर 500015029) का प्रोप्राईटर विरेन्द्र कुमार चौधरी, यति इन्टरनेशनल (स्थायी लेखा नम्वर 500218185) का प्रोप्रईटर उषा कुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नम्वर 605973682) का संचालक हर्ष चौधरी समेतबाट रु. 5,08,94,216।- (अक्षेरुपी पाँच करोड आठ लाख चौरानब्बे हजार दुई सय सोह्र रुपैया मात्र) विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-0४-२२ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।
स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स (स्थायी लेखा नम्वर 500015029), यति इन्टरनेशनल (स्थायी लेखा नम्वर 500218185) र रिवाज इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नम्वर 605973682) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स, यति इन्टरनेशनल र रिवाज इन्टरनेशनल प्रा.लि.n] मु.अ.कर तर्फ रु. 17,08,202।-, आयकर तर्फ रु. 3,26,64,077।- र लाभांश कर तर्फ रु. 12,21,937।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 5,08,94,216।– (अक्षेरुपी पाँच करोड आठ लाख चौरानब्बे हजार दुई सय सोह्र रुपैया मात्र) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राईटर विरेन्द्र कुमार चौधरी, यति इन्टरनेशनलका प्रोप्रईटर उषा कुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रा.लि.का संचालक हर्ष चौधरी समेत ३ जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विगो रकम रु. 5,08,94,216।– असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207७-0४-2२ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग
FACEBOOK COMMENTS