काठमाडाैं, मंसिर २६ – राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । शुक्रबार समाजले काठमाडौंको शान्तिवाटीकामा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन प्रदर्शन गरिएको समाजले जनाएको छ । त्यस्तै धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गरिएको समाजको जानकारी दिएको छ ।
नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।
पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।
FACEBOOK COMMENTS