काठमाडौँ, भदौ ३१ – भारतको राजस्थानस्थित चम्बल नदीमा डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ। डुंगाबाट खसेका तीन जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा ६ पुरुष, चार महिला र एक बच्चा छन्। २५ जना क्षमताको डुंगामा ४० जना चढेका थिए।
यति मात्र होइन, ढुंगामा १४ वटा मोटरसाइकल पनि राखिएको बताइएको छ। नदीको गहिराइ ४० देखि ५० फिटसम्म रहेको छ। घटनालगत्तै स्थानीय बासिन्दाले उद्धार प्रयास गरे पनि नदीको तीव्र बहावका कारण केही मानिस हेर्दा हेर्दै बगेका थिए।
प्रहरीका अनुसार डुंगामा चढेका सबैजसो कमलेश्वर धामतर्फ जाँदै थिए। बेपत्ताको खोजी र घाइतको उपचार भइरहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS