काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यका नीति नियम र ऐनहरु लागु गर्ने तरिकामा धेरै समस्या रहेको बताएका छन् ।
क्याटरिङ्ग व्यवसायी संघ काठमाडौंको आठौँ वार्षिक उत्सव तथा पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले छिमेकी मुलुक चिन भारत जस्ता मुलुकमा तिव्र गतिमा आर्थिक विकास भैरहेको उल्लेख गर्दै उनीहरु विश्वकै आर्थिक शक्तिका रुपमा आउन लागेको बताए ।
उनले नीजि क्षेत्रबाट, सरकारी तवारबाट भएपनि विकास हुनुपर्ने भन्दै रोजगारी सिर्जना, आर्थिक वृद्धि, उत्पादन वृद्धि र मुलुक समृद्ध हुनुपर्ने मुख्य विषय भएको बताए ।
हाम्रो मुलुकमा सोचे अनुरुप विकास हुन नसकेको भन्दै, प्रचण्डले राज्यले उद्योग व्यवसायीलाई दुनो गाई जस्तो ठान्ने र प्रत्येक पटक दुने मात्रै उनीहरुलाई प्रोत्साहन नदिने खालको परिपाटी भएकाले पनि यो संस्कारमा सुधार नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए ।
उनले व्यवसायीले पनि राज्यलाई बुझाउनु पर्ने कर छल्ने प्रवृत्ति बढेको भन्दै व्यवसायीले पनि कर बुझाउने कुरामा कन्जुस्याई गर्न नहुने बताए ।
