काठमाडौंं, वैशाख ७ -सरकारले कोरोना संक्रमणको जोखिम बढेको कारण देखाउँदै रात्रिकालिन व्यवासय बन्द गराएपछि व्यवसायी आक्रोशित बनेका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विहान २/३ बजेसम्म चल्ने रात्रिकालिन व्यवसाय साँझ ८ बजे नै बन्द गराउन निर्देशन दिएको छ ।
उक्त निर्देशनसँगै व्यवसायी सरकारसँग रुष्ट बनेका हुन् । उनीहरुले सोमबार साँझ तीनकुनेमा पत्रकार सम्मेलन गर्दै सरकारी निर्णय प्रतिकारको चेतावनी दिएका छन् ।
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।
आन्दोलनमा उत्रिदा व्यवसायीहरुले मादल, खैजडी, स्कर्ट लगायतका सामग्री लिएर उत्रिने बताएका छन् ।
उनीहरुले पहिलो लकडाउनमा पनि व्यवसाय निरन्तर ९ महिना बन्द भएको थियो । सरकारले सबै जसो व्यवसाय खोलिसक्दा पनि रात्रिकालिन व्यवसाय नखुलेको अवस्था थियो ।
त्यसैले अव सरकारको निर्णय नमान्ने चेतावनी उनीहरुले दिएका हुन् ।
FACEBOOK COMMENTS