काठमाण्डौँ — रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ।
गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो।
यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो।
अब बन्ने रानीपोखरी ग्रन्थकुट शैलीमा निर्माण गरिने बालगोपालेश्वर मन्दिर, रानीपोखरी र रानीपोखरी परिसर छुट्टाछुट्टै प्याकेजमा निर्माण गरिने प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए।
उनका अनुसार रानीपोखरी परिसरमा सौन्दर्यकरण गर्नुपर्ने भएकाले त्यसका लागि टेन्डर हुनेछ।
निर्माण गर्न लागिएको ‘ग्रन्थकुट’ शैली अनुसार मन्दिरमा एक वा चारवटा प्रवेशद्वार रहनेछ।
— नागरीक
FACEBOOK COMMENTS