काठमाण्डौँ — रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणका लागि रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणको कार्य व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ ।
त्यसैगरी, पुनर्निर्माण कार्यका लागि सुझाव दिने, गुणस्तर कार्य गर्न सहयोग पुयाउने र पुनर्निर्माणका क्रममा देखापरेका समस्याको समाधान गर्ने कार्यक्षेत्र दिइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS