काठमाडौं, माघ २१ –नेपाल कम्युनिष्ट पार्टी नेकप. केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकि नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो
ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।
गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।
FACEBOOK COMMENTS