दिपक पराजुली
हेटौडा, २८ मङ्सिर -नारायणी यातायात व्यवसायी कम्पनी प्रा ली को प्रथम साधारण सभा हेटौडामा सम्पन्न भएको छ। सरकारले देशभरका यातायात व्यवसायी संघ भंग गरि कम्पनीमा जान निर्देशन दिए संगै व्यवसायीहरुको सग्लग्नतामा गोकर्ण पराजुलीको अध्यक्षतामा कम्पनी स्थापना भएको हो । २०७५ श्रावण देखि बिधिबत कारोवार सुरु भएको कम्पनीको शेयर पुजी ५ करोड र चुक्ता पुजी १ करोड ३९ लाख ६० हजार रहेको छ। कम्पनीमा ट्रक ,बस ,ट्यांकर ,लगायत गरी करिब २३ सय २२ सवारी आबद्द रहेका छन्। सरकारले यातायात कम्पनीलाई पनि उद्योगी व्यवसायीहरुकै जस्तो कम्पनी मोडेलमा राखेकोले काम गर्न समस्या भएको अध्यक्ष पराजुलीले बताए। पराजुलीले व्यवसायीहरुले सवारी साधनहरुको बिमा बापत बर्षेनी अरबौ रकम खर्चे पनि दुर्घटना रकम दाबी गर्ने बेलामा बिमा कम्पनीबाट हूने अनेक झन्झट र ढिलासुस्तीको कारण ब्यबसायी पिडित हुन् परेको बताए ।
कार्यक्रममा दिनानुदिन बढ्दै गएको दुर्घटना न्यूनीकरणको लागि सरकार ,कम्पनी ,मजदुर र नागरिक समाज सबै सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए। प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अथिति , मुकुन्द न्यौपाने , कृष्ण दाहाल ,राम नारायण बिडारीको बिशेष आथित्यतामा सम्पन्न कार्यक्रममा मुनु सिग्देल , रामचन्द्र राइ ,अनन्त पौडेल लगायत बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS