काठमाण्डौँ – रारा नगरपालिका शनिबारदेखि मदिरा मुक्त क्षेत्र घोषणा हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्यमा नगरलाई मधिरामुक्त घोषणा गर्न लागिएको हो ।
नेपालका २ सय ७६ वटा नगरपालिकामध्ये छायाँनाथ रारा नगरपालिका पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा चिनिने भएको छ।
हिंसा र विकासको बाधक मधिरा शनिबारदेखि नगरबाट निषेधित हुने नगर प्रमुख हरिजंग शाहीले बताए।
नेपाल सरकारको नीतिलाई टेकेर नगरलाई मदिरामुक्त घोषणा गर्न लागिएको उनले जानकारी दिए।
FACEBOOK COMMENTS