काठमाण्डौँ — राष्ट्रपतिका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।
चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो ।
तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउँन हवाई महानिर्देशनालयलाई निर्देशन दिएको हो ।
सम्भार रथी विभागले हवाई महानिर्देशनालयलाई पत्र नै लेखेर खरिद सम्झौता अनुसार सबै उपकरण नआइकन हेलिकप्ट स्वीकार नगर्न निर्देशन दिएको हो ।
राष्ट्रपतिका लागि विलासी हेलिकप्टर खरिद गरेको खुलेपछि सरकारले विशिष्ठ व्यक्ति तथा सुत्केरी बोक्न समेत यसलाई प्रयोग गरिने दावी गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS