काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । संघीय संसद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो । राष्ट्रिय सभाको अधिवेशन असार १७ गते सुरु भएको थियो ।
FACEBOOK COMMENTS