काठमाण्डौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशन आह्वान गरेकी छन् ।
यही पुस ११ गते अपराह्न ४ बजेका लागि राष्ट्रपति भण्डारीले संसद् अधिवेशन बोलाएकी हुन् ।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ।
संविधानसँग बाझिएका ३ सय ३९ ऐनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्नुपर्नेछ।
१ सय ७४ मध्ये पनि ३६ वटा नयाँ कानुन बनाउनुपर्ने संसद् सचिवालयले बताएको छ।
संसद्को दोस्रो अधिवेशन असोज ११ गते अन्त्य भएको थियो।
— कान्तिपुर
FACEBOOK COMMENTS