काठमाडौं, साउन ३२ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ । उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तरराष्ट्रिय मिडियाले उनको हालात गम्भीर भएको बताएका छन् ।
यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्, पछि ट्रम्पले यसबारे जानकारी दिए ।
‘मसँग निकै उत्कृष्ट भाइ छन् । पहिलो दिन देखि नै हामीबीच निकै मधुर सम्बन्ध रह्यो,’ डोनल्ड ट्रम्पले पत्रकारलाई भने । ‘र अहिले उनी अस्पतालमा छन् । उनी चाँडै निको होलान् भन्ने आशा गरेको छु तर उनको अवस्था नाजुक छ ।’
रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका छन् ।
FACEBOOK COMMENTS