काठमाण्डौं -राष्ट्र बैंकको स्वीकृतिमा बेलायतमा खुलेको कम्पनीलाई जोडेर विदेशमा लगानी गरेको आरोप लगाइएको भन्दै आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले आपत्ति व्यक्त गरेका छन् ।
सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टमा ढकालले बेलायतमा कम्पनी खोलेको आरोप लगाइएको छ । तर, उनले बेलायतमा कति लगानी गरेको भन्नेबारे रिपोर्टमा उल्लेख छैन ।
इन्टरनेशल कन्सोर्टिएम अफइन्भेष्टिगेटिभ जर्र्न्लिज्म सँग उपलब्ध पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएर सिआइजेले रिपोर्ट बनानएको थियो । ‘तर, पाराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहिँ कतैबाट जोडिएको छैन,’ ढकालले बिहीबार पत्रकार सम्मेलन गर्दै बताए ।
कुनै पनि स्वीस बैंकमा आफ्नो र समूहको खाता नभएको ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको र समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको पनि ढकालले बताए ।
FACEBOOK COMMENTS