काठमाडौं, चैत ३० – प्रतिनिधिसभा बैठकको सोमबारको शुन्य समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले सरकारप्रति तिखो व्यङ्ग्य गरेका छन् । सरकारले विभिन्न बाहनामा भुलाएर जनतालाई ढाड सेक्ने काम गरिरहेको उनको आरोप छ ।उनले भनेका छन्, ‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर डण्डी र सिमेन्टीको भाउ बढेको छ । विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ ।
पार्टीभित्रको झगडा देखाएर संसद्को ढाड नै भाँचिएको छ । कोरोना देखाएर ऋणले जनता डुबाइसक्यो । राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब पारिसक्यो ।’ यस विषयमा सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS