काठमाडौं,माघ ९ – राष्ट्रिय सभाको रिक्त १८ सदस्यको निर्वाचनका लागि अहिलेसातै प्रदेशमा मतदान जारी छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुने छ ।
देशका सातै वटा प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरेक प्रदेशमा तोकिएको मतदान स्थलमा मतदान भइरहेको छ ।
प्रदेश १ मा महिला,दलित र अन्य समुहमा ३ जना,प्रदेश २ मा महिला,दलित,अपाङ्गता वा अल्पसंख्यक र अन्य समुहमा ४ जना, बाग्मती र गण्डकी प्रदेशमा महिला र अन्य समुहमा २र२ जना र प्रदेश ५ मा महिला,अपाङ्गता वा अल्पसंख्यक समुदाय र अन्य समुहका ३ जनाको लागि मतदान भइरहेको छ ।यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समुह गरी २र२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचित हुने छन् ।
सात प्रदेशमा पाँच सय ५० जना प्रदेश सदस्य र एक हजार पाँच सय ६ जना पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना यही फागुन २० गते दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
FACEBOOK COMMENTS