काठमाडौं, चैत २७ –राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनलाई समाजको हितको लागि सामाजिक क्षेत्रमा रही उत्कृष्ट योगदान गरेको वापत ‘प्रज्वल जनसेवा श्री’ पदकबाट विभूषित गरीएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले महर्जन लाई उक्त पदक बाट विभूषित गरेकी हुन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।
FACEBOOK COMMENTS