काठमाडौं – राष्ट्रिय उपभोक्ता मन्चले आफ्नो १३ अौ वार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवस मनाउने क्रममा मन्चले बिहीवार राजधानीमा एक समारोहको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घघाटन् कृषि तथा पशु बिकास मन्त्री चक्रपाणि खनालले गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले राष्ट्रिय उपभोक्ता मन्चले आम उपभोक्ताको अधिकारको निम्ती डेटेर लड्ने गरेको स्मरण गर्दै नेपालमा उपभोग्य अधिकारलाई प्रत्याभुत गराउन् खेल्दै आएको भूमिकाको सर्हाना समेत गरे ।
कार्यक्रममा संघिय संसदका सांसद रामवीर मानन्धरले राष्ट्रिय उपभोक्ता मन्चले उपभोक्ता अधिकार आन्दोलनको नेत्रीत्वो गर्दै गाउँ देखी शहर सम्म छरिएर रहेका तमाम नागरिकको नैसर्गिक अधिकारलाई स्थापित गर्न हरशम्भव प्रयत्नशिल रहदै आएको बताए ।
कार्यक्रममाझ बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले चेम्बर राष्ट्रिय उपभोक्ता मन्चसँग सहकार्य गरी उपभोक्ता अधिकारको सवालमा सचेतना अभिब्रीद्गिका कार्यक्रम गर्नु आतुर रहेको बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिब भरतबहादुर थापा, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी एबम् नेपाल सरकारका अधिकारीहरु , उपभोक्ता अधिकारकर्मी, संचारकर्मी लगायत समाजका लब्धप्रतिस्ठीतहरुको बाक्लो उपास्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले उपभोक्ता हितमा काम गर्ने सरकारी कार्यालय, राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला समिति , स्वास्थ्य् सेवा प्रदायक अस्पताल, संचारकर्मी एबम् संचार संस्था र पूर्व प्रशासकहरुलाई सम्मानित गरेका थिए । सम्मानित हुने हरुमा सरकारी कार्यालय तर्फ जिल्ला प्रशासन कार्यालय भक्त्तपुर , राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला शाखा मध्येबाट झापा र लम्जुङ शाखा , स्वास्थ्य् सेवा प्रदायकतर्फ नर्भिक इन्टरन्यासनल हस्पिटल, संचार संस्था तर्फ कृषि टेलिभिजन र पूर्वप्रशासकद्वय भरत बहादुर थापा र लक्ष्मी राज पाण्डे र बर्दियाका प्रमुख जिल्ला अधिकारी रहेका छन्।
FACEBOOK COMMENTS