काठमाडौँ, मंसिर १० – राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। मल्लले आफूलाई संक्रमण भएको जानकारी फेसबुकमार्फत गराएका छन्।
मल्लले आफूलाई संक्रमणको कुनै पनि लक्षण नदेखिएको बताएका छन्। केही दिन होम आइसोलेसनमा रहने पनि उनले जनाएका छन्।आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन पनि आग्रह उनले गरेका छन्।
FACEBOOK COMMENTS