काठमाण्डौँ — सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर–दक्षिण (कोशी लोकमार्ग), कालीगण्डकी करिडोर, हुलाकी लोकमार्गलगायतका आयोजना सोचअनुसार अगाडि नबढेको पाइएको छ ।
सरकारले पछिल्लो समयमा ती आयोजनालाई गति दिने हरसम्भव प्रयास गरेको भए पनि सोचेअनुसार प्रगति भने हुन सकेको छैन ।
हुलाकी लोकमार्ग शुरु भएको ११ वर्ष भए पनि हालसम्म भौतिक प्रगति ४१ दशमलव नौ प्रतिशत मात्रै भएको छ ।
— नागरीक
FACEBOOK COMMENTS