काठमाण्डौँ — राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
समितिको सोमबार बसेको बैठकले ती आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले राष्ट्रिय गौरवका आयोजना समस्यामा फसेको, वर्षौंसम्म सम्पन्न हुने अवस्थामा नपुगेको बारेमा जिम्मेवार मन्त्रालय र अधिकारीहरूलाई जानकारी माग्ने र राष्ट्रिय गौरवका आयोजनाका समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको स्थलगत अनुगमन गर्न पठाउने निर्णय गरेको छ ।
समितिले गौरवका आयोजनाहरूको स्थलगत अध्ययन गर्न सदस्यहरूलाई जिम्मा दिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS