अन्जनराज न्यौपाने
तनहुँ -राष्ट्रिय जनमुक्ति पार्टी रिसिङ गाउँपालिकाको समितिको गठन गरिएको छ। उक्त अधिवेशनको उद्घाटन नेपाल विद्यार्थी मोर्चा केन्द्रीय समितिका अध्यक्ष पूर्णबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो। विवेक ठाडा मगरको अध्यक्ष्यतामा २३ सदस्यीय जनमुक्ति महासंघ रिसिङ गाउँपालिकाको समिति गठन गरेको कार्यक्रमका सभापति सोम बहादुर ढेङ्गाले वताए । समितिको उपाध्यक्ष पदमा सुनिल परियार निर्वाचित भएका छन् भने समितिको सचिव पदमा प्रदिप वन्टाङ्ग्या रहेका छन्। यसैगरी समितिको कोषाध्यक्षमा मनोज सिंजाली निर्वाचित भए। यस्तै, समितिको सहसचिवमा लक्ष्मण नेपाली निर्वाचित भए ।
समितिको सदस्यहरुमा क्रमश सदस्यस् तिलक वन्टाङग्या,विष्णु, मन बहादुर थापा ,बुद्ध बहादुर राना, सुजन परियार , मीन बहादुर थापा, अमृत थापा,अन्जु ठाडा, कृष्णबहादुर ठाडा, सन्तोष
सिंजाली, सन्दिप थापा, उज्ज्वल पाटा, हुमकार थापा, सुगम लुङ्गेलि, सन्त बहादुर थापा, याम बहादुर थापा र रेख बहादुर राना समितिको सदस्य रहेका छन्। सोही अवसरमा समितिका सचिव कुल बहादुर पाटाले एक दिने प्रशिक्षण कार्यक्रमको सञ्चालन गरेका थिए ।
FACEBOOK COMMENTS