काठमाडौं, वैशाख २२ – कोरोना संक्रमित कलाकर्मीहरुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन आइसोलेसन वार्डका रुपमा प्रयोग गर्न सक्नेछन् । थुप्रै कलाकर्मी कोरोना संक्रमित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले भाडाका घरमा बस्न अप्ठ्यारो परे आफ्नो भवनलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न सक्ने विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रतिष्ठानले संक्रमित कलाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सुरक्षित रहन समेत आह्वान गरेको छ । रिता थापा मगर संयोजक रहने गरी प्रतिष्ठानले कोभिड १९ आकस्मिक सहयोग समिति समेत गठन गरेको छ ।
FACEBOOK COMMENTS