काठमाडौं, फागुन १२- राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ। पूर्ण सरकारी स्वामित्वको यो कम्पनीले चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा नेपालको जीवन बीमा क्षेत्रमा ८.५९ प्रतिशत हिस्सा रहेको जनाएको छ।
संस्थानको लेखापरीक्षण र वार्षिक साधारण सभा भने पछिल्लो १२ वर्षदेखि हुन सकेको छैन।
जीवन बिमा सेवा प्रदायक संस्थाहरुको कूल संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले ५ अर्ब ६८ करोड रुपैयाँ बराबर संकलन गरेको जनाएको छ।
संस्थान जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थानमा छ। गत पुस मसान्तसम्ममा कुल बीमालेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थानको मात्रै ७ लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा छ।
५४ औं वार्षिकोत्सवको अवसर पारी संस्थानले नयाँ योजना ‘आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिकसमेत गरेको छ।
FACEBOOK COMMENTS