काठमाडौं, चैत २८ – राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।
वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्याउने निर्णय गरेको हो। यो सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनको सीईओको रूपमा दोस्रो कार्यकाल भएको छ ।
श्रेष्ठले सीईओ भएर ४ वर्षको कार्यकाल सकाएका थिए। उनलाई पुनः ४ वर्षका लागि नियुक्ती दिइएको वाणिज्य बैंकले जनाएको छ।
श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले उनको कार्यकालमा उल्लेख्य प्रगति गरेको भन्दै पुनः उनलाई नै दोहोर्याउने निर्णय गरेको हो।
श्रेष्ठसँग नेपाल बैंकमा ३० वर्ष काम गरेको अनुभव छ।
FACEBOOK COMMENTS