काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र उनका छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई ३ लाख सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले उक्त रकमको चेक सगरमाथा आरोहणदललाई संयोजन गरिरहेको ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गरेको जनाएको छ ।
आरोहीहरुले गत मे २३ मा सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर सिइओ श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
FACEBOOK COMMENTS