काठमाण्डौँ — राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
मस्यौंदा बुझ्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताए ।
विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउनुहुदैं मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई जीवन पद्धतीसंग जोड्नुपर्ने बताए ।
समय सापेक्ष राष्ट्रको आवश्यकता तथा क्षमतामा आधारित विज्ञान प्रविधि तथा नव–पर्वतन नीति, २०७५ तर्जुमा गर्न नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ असोज ९ गते मन्त्रीस्तरीय निर्णयगरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्रा.डा. दिनेशराज भुजुको संयोजकत्वमा ९ सदस्यीय मस्यौंदा समिति गठन गरेको थियो ।
समितिले ४ महिनामा आफ्नो प्रतिवेदन आज मन्त्री पोखरेललाई बुझाएको हो ।
.— कारोबार
FACEBOOK COMMENTS